महेन्द्र मोरङबाट परीक्षाको २ दिन अगाडी नै प्रश्नपत्रको बण्डल नै चोरी

महेन्द्र मोरङबाट परीक्षाको २ दिन अगाडी नै प्रश्नपत्रको बण्डल नै चोरी

विराटनगर, विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा परीक्षा हुनु २ दिन अगाडी नै प्रश्न पत्रको बण्डल गायब भएको छ । प्रश्नपत्र शुक्रबार गायब भएको कुरा क्याम्पस प्रशासनले पनि शनिबार बेलुका मात्रै थाहा पाएको हो ।

क्याम्पसको परीक्षा शाखाबाटै माइक्रो बायोलोजी तेश्रो वर्षको प्रश्नपत्रको बण्डल गायब भएको हो । आइतबार हुने परीक्षाको प्रश्न पत्र शुक्रबार नै गायब भएपछि क्याम्पस प्रशासनमा कतिसम्म बेकामे छ भन्ने कुरा छताछुल्ल भएको छ ।

आइतबार परीक्षा दिने अधिकांश विद्यार्थीहरुले प्रश्नपत्र चोरेर नै कुल ५० पूर्णाङ्कको परीक्षा दिएका छन् । क्याम्पस प्रशासनको लापरबाहीले प्रश्नपत्र गायब भएको विद्यार्थी संगठनहरुको आरोप छ । परीक्षा अधिकृत हरि तिम्सिना, सहायक केन्द्राध्यक्ष सुशील अधिकारी र केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको मिलेमत्तोमा प्रश्नपत्र गायब गरिएको समाज विद्यार्थी युनियनका विद्यार्थी नेता साहिल झाको दाबी छ ।

विद्यार्थी संगठनहरुले क्याम्पसप्रति आक्रोश व्यक्त गर्दै उक्त गतिविधिमा संलग्नलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरेका छन् । केहीदिन अगावै पनि बि।बि।एस तेश्रो वर्षमा अध्ययनरत एक विद्यार्थीले परीक्षा कोठाबाटै सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड समेत गरेका थिए । वार्षिक परीक्षा जस्तो संवेदनशील बिषयको गोप्यता भंग हुँदा पनि क्याम्पसले उक्त बिषयमा कुनै ठोस कदम चालेको थिएन । हाम्रोमतको सहयोगमा

सम्बन्धित खवर