१३५ सामुदायिक कुकुरको बन्ध्याकरण, बाख्रा र गाइभैंसीमा पनि खोप सुरु

१३५ सामुदायिक कुकुरको बन्ध्याकरण, बाख्रा र गाइभैंसीमा पनि खोप सुरु

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले हिमालयन् एनिमल रिसर्च ट्रष्ट (हार्ट) को प्राविधिक सहयोगमा नगरका छाडा छोडिएका १ सय ३५ सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।

मनकामना सामुदायिक वन उपभोक्ता समिति कार्यालय नजिकैको पार्कमा आयोजित शिविरमा हार्टका प्रवन्धक चन्द्र राईको अगुवाईमा ११ जनाको प्राविधिक टोलीले आज ४० कुकुरको बन्ध्याकरण गरेको छ । हिजो ४७ र पहिलो दिन ४८ गरी पछिल्लो ३ दिनमा १ सय ३५ कुकुरको बन्ध्याकरण भएको हो । कुकुरहरुलाई गाडीमा ल्याई वन्ध्याकरणपछि उनीहरुकै स्थानमा लगेर छोडिएको छ । फागुन २६ गतेसम्म बन्ध्याकरण कार्यक्रम सञ्चालन हुनेछ ।

नगरलाई रेविज रोग मुक्त बनाउने उद्धेश्य अनुरुप रेविज विरुद्धको खोप समेत लगाई कुकुरहरुको बन्ध्याकरण गरिएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।
यो वर्ष २ सय कुकुरको वन्ध्याकरण गरिने लक्ष्य रहेको छ । अघिल्लो वर्ष नगरका १ सय ६४ कुकुरको वन्ध्याकरण गरिएको थियो ।

यसैबीच, पशुपंक्षी शाखामा मार्फत नगरले बाख्रामा पीपीआर र गाई भैंसीमा खोरेतको खोप लगाउने कार्यक्रम अन्तर्गत आज वडा नम्बर ९ मा १ हजार ८ सय बाख्रालाई पीपीआर र ४ सय गाईंभैसीलाई खोरेतको खोप लगाएको शाखा कर्मचारी पर्वत साहले जनाउनु भयो ।

सम्बन्धित खवर