देवानगञ्जमा सशस्त्र प्रहरीद्वारा २ सय केजी माछा बरामद

देवानगञ्जमा सशस्त्र प्रहरीद्वारा २ सय केजी माछा बरामद

सुनसरीको देवानगञ्जमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको करिब २ सय केजी माछा सशस्त्र प्रहरीले बरामद गरेको छ । देवानगञ्ज गाउँपालिका ३ स्थित सशस्त्र प्रहरी बलको बिओपीबाट खटिएको टोलीले माछा बरामद गरेको हो ।

बुधबार राति करिब २ बजे सशस्त्र प्रहरी बल देवानगञ्जका नायब निरीक्षक हेम पाण्डेको नेतृत्वमा खटिएको टोलीले ४ वटा मोटरसाइकलमा ल्याउँदै गरेको २ सय केजी माछा बरामद गरेको हो । देवानगञ्ज ३ का वडाअध्यक्ष अनिलप्रसाद भगत, अन्य जनप्रतिनिधि र स्थानीय व्यक्तिहरुको रोहवरमा बरामद गरिएको माछा खाडलमा पुरी नष्ट गरिएको थियोे ।

मोटरसाइकल र माछा बरामद गरेपनि तस्करहरु अझै पत्ता नलागेका छैनन् । फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको र चाडै अपराधीहरु पक्राउ पर्ने पाण्डेले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको मोटरसाइकल भने भन्सार कार्यालय भन्टाबारीमा बुझाइएको छ ।

सम्बन्धित खवर