सुनवर्षी ८ का वडाध्यक्ष नुरुलकै दोहोरो नागरिक्ता

सुनवर्षी ८ का वडाध्यक्ष नुरुलकै दोहोरो नागरिक्ता

भिराज अधिकारी, पथरी

मोरङको सुनवर्षी ८ का वडा अध्यक्ष नुरुल मियाको दोहोरो नागरिक्ता रहेको पाइएको छ ।

मियाले भारतमा पनि आधार कार्ड बनाएको र नेपालमा पनि वंशजको आधारमा नेपाली नागरिक्ता लिएका छन् । अध्यक्षकै दोहोरो नागरिक्ता पाएपछि अन्य ४ जना वडा सदस्यहरुले पत्रकार सम्मेलन नै गरेर दोहोरो नागरिक्ता रहेको विषय बाहिर ल्याएका हुन् ।

अध्यक्ष मियाले भारत सरकारबाट दिइने ७०५४९२०३५५७० क VID ९१२३८१११८८५३४५० को आधार कार्ड लिएका छन् । मियाले सोही आधार कार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खाता समेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९) मा एटिएम समेत लिएका छन् । अध्यक्ष मियाले सो बैंकमा ९०६५६८८१९८ नं.को भारतीय सम्पर्क नं. राखेका छन् । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मिया सोनापुर वडा नं. ८ अररिया देखिन्छ ।

यता नेपालमा पनि नुरुल मियाको नाममा वंशजकै नागरिक्ता रहेको छ । ६८१८ नं. को नागरिक्ता २०५५ साल ११ महिना ५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट लिएका छन् । सो नागरिक्तामा नुरुलको ठेगाना तत्कालिन डायनीया गाविस वडा नं. ३ मोरङ उल्लेख छ ।

अध्यक्ष नुरुलले पनि आफुले मुम्बइ गएको बेला करिब एक डेडवर्ष अगाडी आधार कार्ड लिएको स्वीकारेका छन् । नुरुलले कामको सिलसिलामा आफु मुम्बइ गएको र सोही समयमा आफुले आधार कार्ड लिएको फोन सम्पर्कमा प्रदेश दैनिकलाई बताए ।

यता वडा सदस्यहरु कन्हा मिया, कन्हैयालाल गनगाइ, दुखिया ऋषिदेव र शिलादेवी गनगाइले अध्यक्षको दोहोरो नागरिक्ता रहेको भन्दै २०७७ माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा कार्वाही गरिपाउँ भनेर निवेदन समेत दिएका छन् ।


सम्बन्धित खवर