मलाई हटाउन सक्छौं भने हटाउ, खुशीसाथ हट्छु : प्रधानमन्त्री ओली

मलाई हटाउन सक्छौं भने हटाउ, खुशीसाथ हट्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुने चुनावमा दुई तिहाइ मतसहित जितेर सिंहदरबारमा फर्किने उदघोष गर्नुभएको छ । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको हितको खातिर आफू नेतृत्वको सरकार चल्दा हटाउने खेल भएपनि त्यो सहज नभएको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन आफूले गर्ने तर मुद्दा हाल्न भने नजाने पनि प्रष्ट पार्नुभयो । ‘अदालतले संसद ब्यूँतायो त के भयो ? ठिकै छ । प्रधानमन्त्रीको हिसाबमा मेरो काम अदालतको फैसला कार्यान्वयन गर्ने हो । २३ गते अधिवेसन बस्छ । राम्ररी चलाउने प्रयास हुन्छ । सकारात्मक भूमिका खेल्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म मुद्दा हाल्न गएको पनि छैन । म राजनीति गर्ने मान्छे हो । दरखास्त हाल्न, निवेदन हाल्न तपाईंहरुकोमा आउँछु । अन्याय भयो भनेर आउँछु । मलाई हटाउन सक्छौं भने हटाउ भनेकै छु, खुशीसाथ हट्छु । तर मलाई हटाउन सजिलो छैन । अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव त हुन्छ । त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु ।’

प्रधानमन्त्री ओलीले सरकार अरुका लागि कम्फर्टेबल नभइ जनताका लागि कम्फर्टेबल हुनुपर्ने आफ्नो बटमलाइन पनि सुनाउनु भयो । ‘नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो । जनतालाई रोजगारी दिने, अवास दिने, खानेपानी दिने, विद्यालय दिने, पाठ्यपुस्तक दिने सरकार चाहियो । यो सरकार त्यस्तै छ । यो सरकार जनताका लागि कम्फर्टेकल छ । वि आर कम्फर्टेबल फर नेपाली पिपुल,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सम्बन्धित खवर