पथरीमा कर कार्यालयको औपचारिक उद्घाटन्

पथरीमा कर कार्यालयको औपचारिक उद्घाटन्

पथरी, उत्तरपूर्वी मोरङका सेवाग्राहीका लागि पथरी शनिश्चरेमा स्थापित आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालयको आज औपचारिक उद्घाटन् भएको छ ।

एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कार्यालयको औपचारिक उद्घाटन् गर्नुभयो । उद्घाटनका क्रममा उहाँले देशमा जनताका लागि आवश्यक सेवा सुविधाको अभियानमा सरकार लागेको धारणा राख्नुभयो ।

कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, कर कार्यालय विराटनगर प्रमुख विमल सापकोटा, उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष प्रितम खड्गी सहितले मन्तव्य व्यक्त गर्नुभयो । पथरी उद्योग वाणिज्य संघको समेत पहलमा कार्यालय खडा भएको हो । जिल्लाको विराटनगर बाहेक यसअघि विराटचौकमा मात्र करदाता सेवा कार्यालय रहेको थियो ।

सम्बन्धित खवर