विराटनगर ।
प्रदेश १ का चर्चित व्यावसायी भिम पौडेलको समलग्नतामा संचालित रहेको महादेव क्रसर उधोगको अवैद्ध उत्खनन्ले केरावारी स्थित आमजुङगी वासीलाइ उठिवास लगाउन लागेको स्थानियहरुले बताएका छन् ।
स्थानिय सविन थापामगर, कमल वस्नेत र विर्ख थापा लगाएतको समुहले लगानी गरेको महादेव क्रसर उधोग प्रदेश नम्वर १ कै चर्चित व्यावसायी भिम पौडेलले सचालन गर्दै आएको र सो क्रसरले अवैद्ध उत्खनन् गरेको स्थानियको आरोप छ ।
व्यावसायी पौडेलको संचालनमा रहेको क्रसरले पछिल्लो समय खोला किनारमा ठूल्ठूला खाल्डा बनाएको र खोलामा च्यानल बनाउनु पर्नेमा किनारा बाट गिट्टी खनेर लैजाने गरेकाले बस्ती नै जोखिममा परेको स्थानिय निर बहादुर खड्काले बताए । व्यावसायी पौडेलले क्रसर सचालनका लागि खोला छेउमै स्टक राख्ने हिसावले निजी ८ विगाह जग्गा खरिद गरि सो स्थानमा स्टक राखेजस्तो गरेर मापदण्ड विपरित करिब ३० फिट गहिराइ सम्म उत्खनन् गरि बस्तीमा खोला हाल्न लागेको खड्काको आरोप छ ।
जथाभावी उत्खनन् गरी जनतालाई उठिबास लगाउन खोजेको भन्दै आईतवार सयौं संख्यामा गाउँपालिका पुगेका स्थानीयबासीले गाउपालिका भवन अगाडी दिनभर नाराबाजी गर्दै प्रदर्शन गर्नुका साथै ढुङगामुढा समेत गरेका छन् । स्थानिय वासीले प्रहार गरेको ढुङगाले लागेर गाउपालिकाको ३ वटा झ्यालका सिसाहरु फुटेका छन् । भने प्रहरीले वल प्रयोग गर्दा ५ जाना स्थानियहरु सामान्य घाईते भएको बताइएको छ ।
व्यावसायी पौडेलले अवैद्ध रुपमा उत्खनन् गरि गाउमा खोला हाल्न खोज्दा सम्म स्थानिय सरकार आखामा पट्टी बाधेर बसेको भन्दै उनिहरुले जनताका प्रतिनिधि पनि खोला दोहनको मतियार भएको आरोप लगाएका छन् ।
केराबारी गाउपालिकाको वडा नम्वर-८ आमजुङगीमा संचालित ३ वटा क्रसर उधोगको अवैद्ध उत्खनन्ले स्थानिय खदम खोलाको बाढी बर्खाको समयमा सोझै गाउमा प्रवेश गर्ने प्रवल सम्भावन बढेपछि स्थानियहरुले उत्खनन् रोक्न ७ बुदे माग सहित आन्दोलन थालेका छन् ।
स्थानियहरुले मापदण्ड विपरीत उत्खनन् गर्ने उधोग वन्द गरिनु पनर्,े अवैद्ध रुपमा उत्खनन भएको ठाउमा पुर्नु पर्ने, नम्वरी जग्गा भएको भएता पनि खोला वगेको ठाउमा प्रयोग भएका स्काभेटर, जेसिभि लगाएर खन्ने कार्य तत्काल वन्द गर्नु पर्ने, अवैद्ध उत्खननका कारण मासिएको पैनी पुननिर्माण गर्नु पर्ने, प्रत्येक वर्ष खोला ठेक्का लागेको २० प्रतिशत रकम आमजुङगीको विकाशमा छुट्टयाइनु पर्ने, प्रहरी दमन गरी गाउ वचाउ अभियानमा आएका व्यक्तिहरु घाइते भएको हुदा उनिहरुको व्यावस्थापन गरिनु पर्ने र क्रसर व्यावसायी भिम पौडेलले लगाएको चोरी मुद्धा फिर्ता हुनु पर्ने माग राखेका छन् ।
उल्लेखित मागहरुको उचित सम्वोधन नभएसम्म आन्दोलन नरोकी समेत उनिहरुले बताएका छन् । वडा नम्वर-८ मा संचालित कृष्ण क्रसर, महादेव क्रसर र शिवम क्रसरको अवैद्ध उत्खनन्ले ५०० सय घरधुरी रहेको सिङगो आमजुङगी गाउ नै उच्च जोखीमा परेपछि स्थानियहरु आन्दोलित भएका हुन ।
उनीहरुले गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की स्वयं क्रसर उद्योगी भएको र उनकै मिलेमतोमा प्राकृतिक स्रोतको दोहन भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । महादेव क्रसर र शिवम् क्रसरका कारण आमजुङ्गी बस्ती जोखिममा परेको हो ।
खदम खोलामा दुई उद्योगले वातावरणीय परीक्षण प्रतिवेदनले स्वीकृति दिएको स्थानभन्दा बाहिर जथाभावी उत्खनन् गर्ने गरेको, प्रतिवेदन तयार गर्दा र स्वीकृत गर्दासमेत मिलेमतो हुने गरेको आरोप स्थानीयले लगाएका छन् ।
लामो समयदेखि स्थानीयबासीहरुले खोला दोहनका कारण उठिबास हुने अवस्था सिर्जना भएको भन्दै दबाब दिँदै आएका छन् । तर, त्यसको सुनुवाई अहिले सम्म पनि गम्भिर रुपले हुन नसकेको स्थानियहरु बताउछन् ।