सडक बत्तिले मानव रहित सुरक्षा गार्डको काम गर्नेमा विश्वस्त छुः मेयर फागो

सडक बत्तिले मानव रहित सुरक्षा गार्डको काम गर्नेमा विश्वस्त छुः मेयर फागो

विनोद उप्रेती‚ उर्लाबारी

विशेष गरि सडक क्षेत्र अध्यारो हुदा रातको समयमा हुने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यका सडक क्षेत्रमा २० लाख रुपैया खर्चेर उर्लाबारी नगरपालिकाले बत्ति जडान गरेको छ ।

उत्तरी मोरङको उर्लावारी नगरपालिकाले उज्यालो नगर अभियान अन्र्तगत पालिकाको पुर्वी सिमाना मावा खोला देखी पश्चिमी सिमा सन्जोरा खोला सम्मको ६ किलोमिटर सडक क्षेत्रमा सडक बत्ती जडान अभियान थालेको हो ।
उज्यालो नगर बनाउने उद्देश्यले थालिएको योजनाले विषेश गरि सडक दुर्घटनामा हुने हिट एण्ड रनको केस, र सडक क्षेत्रमा हुने अपराधिक कृयाकलापमा न्युनिकरण गर्न मद्दत पुग्ने उर्लाबारी मेयर खड्ग बहादुर फागोले बताए ।

फागोले सडक बक्तिको स्विच अन गर्दै भने-“सडक बत्तिले मानव रहित सुरक्षा गार्डको काम गर्नेमा विश्वस्त छु।”
पुणर् रुपमा सडक बत्ति जडान गर्नका लागि १ सय १४ वटा पोलको जडान गरि सकिएको भए पनि पहिलो चरणको परिक्षणका लागि मावा देखी बक्रा सम्म ५१ पोलमा बत्ति बालिएको छ ।
अर्को महिना बाट बक्रा खोला देखी सन्जोरा खोला सम्म बत्ति आइसक्ने मेयर फागोले बताए ।
स्थानिय सरकारले गर्ने हरेक विकाश निर्माणका कामहरु मध्येको यो कार्यलाई पनि एक महत्वपूणर् हिसाबले स्थानियहरुले लिएका छन् ।

सम्बन्धित खवर