बाँस्तोलाको मुद्दा अदालत पुग्यो, ‘भाइलेन्ट एपेक्सिया’ भएको भिषेरा रिपोर्ट आयो

बाँस्तोलाको मुद्दा अदालत पुग्यो, ‘भाइलेन्ट एपेक्सिया’ भएको भिषेरा रिपोर्ट आयो

उर्लाबारीका बाँस्तोला परिवारले न्याय पाउने आशा जागेको छ । दुई महिना भन्दा अगाडी गत पुस ५ गते उर्लाबारी–५ निवासी प्रविन बास्तोलाको शंकास्पद मृत्यु (हत्या) विषयको मुद्दा अदालत पुगेपछि बाँस्तोला परिवारले न्यायको आश गरेका हुन् ।

बाँस्तोला प्रकरणमा जोडिएका छ जना प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । जसमध्ये दुईजना पक्राउ परेकासँग बुधबार बयान समेत लिइएको छ । बाँकी चारजना भने फरार प्रतिवादीको सूचीमा छन् । प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत्युका सम्बन्धमा दिइएको प्रतिवेदनका आधारमा सरकारी वलिकको कार्यालयमा मंगलबार नै अनुसन्धानको फायल बुझाएको थियो । सरकारी वलिकको कार्यालयले कर्तव्य ज्यान कसुरमा प्रतिवादी कुमार राई र मेहरमान दर्जीसहित ६ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

बुधबार जिल्ला अदालतमा पक्राउ परेका दुईजनाको बयान सकिएको छ । जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालका अनुसार बयान सकिएसँगै बिहीबार थुनछेक बहसपछि आदेश हुनेछ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भिषेरा रिपोर्टमा ‘भाईलेन्स एक्पेक्सिया’ का कारण मृत्यु भएको प्रतिवेदन प्रहरीलाई पठाएको थियो । डुण्डिएर, गला दवाएर, डुबेर, निसासिएर, स्वास अवरोध भएर मृत्यु हुनुलाई ‘भाइलेन्स एक्पेक्सिया’ भनिन्छ । त्यो व्यहोराको पत्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएपछि फागुन ९ गते फायल सरकारी वलिकको कार्यालयमा रायका लागि प्रहरीले पठाएको थियो ।

उर्लाबारीमा मृतकका आफन्तले इलाका प्रहरी कार्यालय घेराउ गरिरहेका बेला उनीहरुले त्रुटी फेला पारेसँगै प्रहरीले पनि सरकारी वलिकको कार्यालयमा अनुसन्धान फायल पठाएको बुझिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले अदालतमा प्रतिवादीहरु राई र दर्जीको बयान भईरहँदा बुधबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेर घटनामा अनुसन्धानको प्रगतिको विषयमा जानकारी दिनु भएको थियो । घटनामा प्रहरीले हालसम्म गरेका कामहरुको फेहरिस्तको बारेमा एसपी खड्काले पत्रकारलाई ब्रिफिङ गरिरहँदा अदालतमा भने प्रतिवादीहरुको बयान चलिरहेको थियो । पक्राउ परेका सबैलाई छोडेको प्रहरीले दुईजनालाई पुनः पक्राउ गरेर अदालतमा बुझाएको हो। प्रहरीले घटनामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेर सरकारी वकिलको कार्यालयमा अनुसन्धानको फायल मंगलबार नै बुझाएको थियो ।

हालसम्म प्रहरीले घटनाको कनेक्सन खोज्न मेहरमान दर्जी, राजेश रणपहेली, दिपेश पौडेल र सुदिप परियारलाई पक्राउ गरि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेर माघ २ गते छोडेको थियो । पुस २२ गते मेहरमान दर्जी, राजेश रणपहेली, दिपेश पौडेल, सुदिप परियार, घरधनी रमेश गिरी र होटल सञ्चालक कुमार राई विरुद्ध रक्सीमा विषालु पदार्थ मिसाई सेवन गराएर कर्तव्य गरि ज्यान मारेको जाहेरी पीडितका आफन्तले दिएका थिए । त्यस लगतै प्रहरी रमेश गिरी र कुमार राईलाई समेत पक्राउ गरेको थियो । प्रहरीले यी छ जनामध्ये कुमार राई र मेहरमान दर्जीलाई पक्राउ गरेको हो । बाँकीलाई फरार सूचिमा राखेको छ ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा गत पुस २७ गते घटनाको बारेमा थाहा पाउने दुर्गा तामाङसँग कागज गराइएको थियो । त्यहि दिन गिरी र राईको बयान समेत गराइएको थियो । बयानका आधारमा मृतक बास्तोलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्सका चालक रमेश पौदारलाई समेत कागज गराइएको थियो । पुस २९ गते प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । सरकारी वलिकको कार्यालयले मृत्युको कारण यकिन हुन नसकेको भनि निर्देशन दिएपछि माघ २ गते पक्राउ गरेकाहरुलाई हाजिरी जिम्मा जमानीमा छोडिएको थियो ।

पीडितका परिवारले जाहेरीमा विषालु पदार्थ मिसाई खुवाएर हत्या गरिएको जाहेरी दिएपछि त्यहि अनुसारको भिषेरा परीक्षणका लागि पठाइएको थियो । माघ ५ गते प्राप्त भएको भिसेरा रिपोर्टमा किटनाश, विषाक्त ग्यास, विषाक्त मदिरा नदेखिएको भनि प्रतिवेदन आएको थियो । तर, शरिरमा देखिएको सामान्य घाउले मृतक बास्तोलाको मृत्युको कारण ‘भाइलेन्ट एपेक्सिया’ बाट भएको हुनसक्ने प्रतिवेदनमा उल्लेख थियो । माघ १२ गते मृत्युको कारण खुलेर आएपछि प्रहरीले प्रतिवादी राई र दर्जीलाई पुनः ततिम्बा बयान गराएको थियो । त्यसको भोलिपल्ट माघ १३ गते ओमबहादुर थापालाई घटनाको बारेमा कागज गराएको थियो ।

त्यसका आधारमा प्रहरीले भाईलेन्ट एपेक्सिया के–के कारणले हुनसक्छ भनी गत माघ १५ गते पुनः खुलाई पठाउन पत्राचार गरेको थियो । वीपीले कारणसहित पठाएपछि पक्राउ गर्न सकिने दुईजनालाई पक्राउ गरिएपनि अन्य प्रतिवादी भने फरार भईसकेका थिए । मोरङ प्रहरीका उपरीक्षक खड्काका अनुसार अनुसन्धानका लागि प्रहरीले आवश्यक सबै प्रक्रिया पूरा गरेको थियो । कुनै कमि नभएका कारण भिषेरा रिपोर्टका आधारमा हामी निष्कर्ष उन्मुख भईरहेकै बेला पीडित परिवारले दवाव दिएपछि दुईजनालाई मात्रै पक्राउ गर्न सकिएको हो । प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रतिवेदनका आधारमा पहिले विषालु पदार्थ सेवन गराई हत्या गरिएको आशंका गर्दै परेको जाहेरी वीपीकै प्रतिवेदनका आधारमा सच्याएको थियो । माघ १८ गते प्रहरीले मृतकलाई स्वास फेर्न नदिई मुख तथा नाक थुनेर कर्तव्य गरी मारेको भन्ने व्यवहोराको कागज समेत गराएको थियो । ओवीको सहयोगमा

https://ourbiratnagar.net/2021/02/136484

सम्बन्धित खवर