प्रचण्ड-नेपाल पक्ष नसच्चिए प्रदेशसभाा भङ्ग हुन सक्छ : मुख्यमन्त्री राई

प्रचण्ड-नेपाल पक्ष नसच्चिए प्रदेशसभाा भङ्ग हुन सक्छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने चेतावनी दिनुभएको छ । प्रचण्ड र माधव समुहमा लागेको सांसदहरुले जवर्जस्ती गरे प्रदेशसभा नै भंग हुने अवस्था आउने चेतावनी मुख्यमन्त्री राइले दिनुभएको हो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अबैधानिक रुपमा आफूलाई कू गर्ने योजना बिफल बनाउन प्रतिनिधिसभा भंग गरेपछि अलग्गै समुह बनाएर हिडनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल पक्षधर प्रदेशसभा सदस्यले दर्ता गरेको अबिश्वास प्रस्ताव फिर्ता वा खारेजी नभए प्रदेससभा नै भंग हुने अवस्था आउने मुख्यमन्त्री राइको भनाई छ । प्रचण्ड-माधव समुह नसच्चिए प्रदेशसभा नै भंग हुनसक्ने उहाँको भनाई छ । ‘म त्यो पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड–माधव समूह)को रबैयाका कारण प्रदेससभा नै भंग हुने अवस्थामा नपुग्ला भन्न सकिन्न,’ मुख्यमन्त्री राईले भन्नुभयो ।

उहाँले आफू विघटनको पक्षमा नरहेको तर त्यस्तो बाध्यता आइलाग्न लागेको बताउनु भयो । ‘मैले अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो, यदि त्यस्तो हुन्थ्यो भने त्यसअघि (प्रस्ताव दर्ता अघि) नै विघटनको सिफारिस गर्न सक्ने अवस्था थियो । तर म बिवघटनको पक्षमा छैन,’ मुख्यमन्त्री राईले भन्नुभयो ।

‘हामीले बैधानिक प्रश्न उठाएका हौं । यसको निरुपण कहीँ न कहीँ हुनपर्यो, या त गल्ती रियलाइज गर्नुपर्यो या सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्नुपर्यो,’ मुख्यमन्त्री राईले भन्नुभयो । उहाँले प्रतिपक्षी कांग्रेसले पोजिसन क्लियर नगरेसम्म प्रदेससभा बैठक सञ्चालन हुन नसक्ने तथ्य पनि औल्याउनु भएको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री राईलाई नै समर्थन गरिसकेका छन । प्रतिपक्षी कांग्रेसले प्रस्तावको पक्ष वा विपक्षमा निर्णय गरेको छैन । कांग्रेसले निर्णय नगरेसम्म बैठक सञ्चालन गर्न नहुने राईले प्रष्ट पार्नुभयो ।

सम्बन्धित खवर