जनसभाको प्रचार गर्दै बृहत मोटरसाइकल र्याली

जनसभाको प्रचार गर्दै बृहत मोटरसाइकल र्याली

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन ८ गते विराटनगरमा आयोजना गर्ने आमसभालाई लक्षित गरी बिहीबार विराटनगरमा मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीको पूर्णकदको तस्बिर अंकित फ्लेक्स प्रदर्शन गर्दै आयोजना गरिएको मोटरसाइकल र्यालीले विराटनगर लगायत विभिन्न ठाउँको परिक्रमा गरी आमसभाको प्रचार गरेको हो । र्यालीमा राजनीतिक अस्थिरता र अराजकता अन्त्य गरौं, विखण्डनकारीहरु होशियार, राजनीतिक स्थिरता कायम गरौं भन्ने जस्ता नाराहरु लगाइएका थिए ।

उक्त मोटरसाइकल र्यालीमा पिकअपबाट लड्न पुग्दा नेकपा केन्द्रीय सदस्य गुरुप्रसाद बराद घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको बताइएको छ । घाइते बरालको विराटनगरस्थित विराट नर्सिङ होममा स्वास्थ्य परीक्षण गरिएको थियो ।     

सम्बन्धित खवर