माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

ओखलढुङ्गा । पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा बिहीबार बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको हो ।

काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका–३ थुम्कीका अन्दाजी ४५ वर्षका केशर बहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही पुत बहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: