खरिद गर्दा सरकार विरोधीले निक्कै आलोचना गरेको हेलिकोप्टर बनिरहेको छ गर्भवति महिलाका लागि भगवान

खरिद गर्दा सरकार विरोधीले निक्कै आलोचना गरेको हेलिकोप्टर बनिरहेको छ गर्भवति महिलाका लागि भगवान

राष्ट्रपतिलाई व्यक्तिगत रुपमा किनेको भनेर आलोचना गरेका थिए । तर, त्यही हेलिकोप्टर अहिले दुर्गम क्षेत्रका महिलालाई भगवान सरह भएको छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाको उद्धार गर्न ६ पुस २०७५ मा यो कार्यक्रम सुरु भएको हो । यो कार्यक्रम शुरु भएदेखि २०७७ पुस अन्तिमसम्म १७० जना सुत्केरीको हवाइ उद्धार गरिएको छ । धेरै आमा र शिशुले पुनःजीवन पाएका छन् । यो काम कति महत्वपूर्ण छ भन्ने सोलुखुम्बुको सोताङकी पुष्षकला राईलाई राम्रोसँग थाहा छ । ‘चार–पाँच दिन पेटमा सारो हुँदा डर लाग्यो । पानी बगेको थियो, दिसैदिसा बगेको थियो मेरो’, पुष्पकला सम्झिनु हुन्छ ।

त्यसपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो । प्रसूति गृहका दक्ष चिकित्सकको सहयोगमा उहाले बच्चा जन्माउनु भयो । पुष्पकलाका श्रीमान परशुराम राई भन्नुहुन्छ, ‘‘त्यतिवेला लकडाउन थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यस्तो सेवा रहेछ । उहाँहरूले त्यसको व्यवस्था मिलाइदिनुभयो ।’ पुष्पकला छोरा बोकेर घर फर्किसक्नु भएको छ ।

जटिल अवस्थामा सुत्केरी हुने क्रममा आमा, शिशु वा दुवैको पनि ज्यान जाने गरेको छ । तीन दशक अघि धेरै सुत्केरीको ज्यान जाने गर्थ्यो । सन् १९९१ मा नेपालमा एक लाख सुत्केरी हुँदा ८५० जना आमाको ज्यान जाने गथ्र्यो । त्यसको २५ वर्षपछि सन् २०१६ मा सुत्केरीको मृत्यु हुने क्रम घट्यो । तैपनि अहिले एक लाख सुत्केरी हुँदा २३९ जना सुत्केरीले ज्यान गुमाउने गरेका छन् । सरकारले त्यसलाई सकेसम्म कममा झार्ने प्रयास गरिरहेको छ ।

सम्बन्धित खवर