नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्ने सहमति भएकाे छ । महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने कार्यतालिका ल्याउन सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको हाे । फागुनमा गर्ने भनिएकाे महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति ताेकिएकाे हाे ।
कांग्रेसले संविधान अनुसार भदौभित्र महाधिवेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो । यससँगै केन्द्रीय कार्यसमिति लगायत सबै कार्य समितिको म्याद छ महिना थप भएको छ । सहमतिपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा शुरु हुँदैछ ।