जसपाका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश

जसपाका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जसपाका केन्द्रीय सदस्य साहलाई नेकपामा प्रवेश गराएका हुन् ।

रौतहटका साह २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट लडेका थिए । तर, उनी नेपाली कांग्रेसका अफताब आलमसँग पराजित भएका थिए ।

साहसँगै धनुषाका कांग्रेस नेता एवं ठाकुर वृहत्तर जनकपुर विकास समितिका कार्यकारी निर्देशक बलराम ठाकुर पनि नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

सम्बन्धित खवर