पोखरा : प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले फागुन १३ गते पोखरामा बृहत मोटरसाइकल रयाली गर्ने भएको छ ।
प्रधानमन्त्री ओलिले फागुन १५ गते सम्बोधन गर्ने गण्डकी प्रदेश स्तरिय आमसभाको पुर्व तयारी स्वरुप मोटरसाइकल रयाली गर्न लागिएको हो ।
आमसभा सफल पार्न गठित स्वयंसेवक परिचालन समितिको आयोजना सो रयाली गर्न लागिएको समितिका सम्योजक तथा उक्त पार्टिका केन्द्रिय सदस्य राजिब पाहारिले जानकारी दिए । उनले र्यालिमा १० हजारको संख्यामा मोटर साइकल निकाल्ने तयारी भएको भन्दै सहभागीताको लागि सम्पुर्णमा अपिल गरेका छन् ।
मंगलबार पोखरामा सम्पन्न स्वयंसेवक परिचालन समितिको बैठकमा बोल्दै पहारिले प्रधानमन्त्रीले संसद भङ्ग गर्नु संबैधानिक कदम भएको भन्दै राष्ट्र,राष्ट्रीयता र लोकतन्त्रको निम्ति निर्वाचन अपरिहार्य तत्व भएको जिकिर जिकिर गरे ।