मध्यरातमा घर पुर्‍याइदिन हिँडेका साथीको हत्या गरेको आरोपमा पक्राउ

मध्यरातमा घर पुर्‍याइदिन हिँडेका साथीको हत्या गरेको आरोपमा पक्राउ

साथीको हत्या गरि फरार रहेको आरोपमा पर्साको माधवनारायण नगरपालिका वडा नम्बर ४ मानपुर टोल बस्ने २४ वर्षका रामु मुखियालाई प्रहरीले पक्राउ गरेको छ।

बिनले गत मङ्सिर १४ गते राति सोही नगरपालिका ५ मिठुअवा टोल बस्ने ४५ वर्षका दशै रामको हत्या गरेको प्रहरीको दाबी छ।

बिनले मध्यरातमा आफ्नो घर जान डर लागिरहेको भनी रामलाई घरसम्म पुर्‍याइदिन भनेका थिए।

बिनलाई घर पुर्‍याउँन भन्दै गएका राम उक्त राति देखि नै बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा रामको शव गत मङ्सिर १५ गते बिहान ११ बजे मानपुर बिसुनपुर्वा स्थित खेतमा फेला परेको थियो।

सामान्य विवादमा बिनले नै रामको छाती र मुखमा ठोस बस्तुले प्रहार गरी हत्या गरेको ठहर प्रहरीको छ।

हत्या गरेर फरार भएका बिनलाई कटहरिया नगरपालिका ५ कटहरिया बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

पक्राउ परेका बिनविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्यद थप गराइ अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सम्बन्धित खवर