अस्थिरताको बाटोतर्फ जान नदिन प्रतिनिधिसभा विघटन गरे : प्रधानमन्त्री ओली

अस्थिरताको बाटोतर्फ जान नदिन प्रतिनिधिसभा विघटन गरे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको बाटोतर्फ जान नदिन आफूले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नु बाहेकको अर्को विकल्प आफूसँग नभएको बताउनुभएको हो । उहाँले देशलाई फोहरी राजनीतिको खेल मैदान र अस्थिरताकै बाटोमा जान नदिन आफूले प्रतिनिधिसभा विघटनको विकल्प रोजेको बताउनुभयो ।

‘प्रधानमन्त्रीका रुपमा मसँग दुई वटा विकल्प मात्रै थिए । त्यो भनेको देशलाई अँध्यारो बाटोमा जान दिने कि मुलुकलाई अस्थिरता र फोहरी राजनीतिको खेल मैदानमा जानबाट रोक्न ताजा जनादेशका लागि जनतासामु जाने,’ उहाँले भन्नुभयो,‘ जनतासामु जानु नै उत्तम हो भन्ने सोचेर प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको हुँ । ’

सम्बन्धित खवर