ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

मोरङ लेटाङ–२ बस्ने ६७ बर्षीय रत्न बहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे मोरङ सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले साईकलयात्री श्रेष्ठलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिवार अपरान्ह ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक धनकुटा साघुरिगढिका २९ बर्षीय अमिर राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ

सम्बन्धित खवर