पथरीमा औषधी व्यवसायीको उपसमिति गठन, संयोजकमा दुलाल

पथरीमा औषधी व्यवसायीको उपसमिति गठन, संयोजकमा दुलाल

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले पथरीशनिश्चरेमा उपसमिति गठन गरेको छ ।

व्यवसायीहरूमा आइपर्ने समस्याको समाधान गर्ने र मर्यादित तथा व्यवस्थित रूपमा औषधी व्यवसाय संचालन गर्ने उद्देश्यले मोरङका तीन वटा स्थानीय तहलाई समेटेर पथरीशनिश्चरेमा उपसमिति गठन गरेको हो ।

पथरीशनिश्चरे, लेटाङ नगरपालिका र कानेपोखरी गाउँपालिकाका औषधी व्यवसायीहरूको भेलाले उपसमितिको संयोजकमा महेन्द्र दुलाल रहनुभएको छ । सह–संयोजकमा ईश्वर सापकोटा रहनुभएको छ । उपसमितिको अन्य सदस्यहरूमा सुनिल चौधरी, टामबाव यादव, कुवेर भण्डारी, पञ्चन राई, टिका सुब्बालगायत रहेका छन् । सल्लाकारहरूमा नेत्र निरौला, सिताराम लुईटेल र यादव दुलाल रहेका छन् ।

यसअघि उर्लाबारी, सुन्दरहरैंचामा उपसमिति गठन भइसकेको छ । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वमा गएको पदाधिकारीहरूले पूर्वी क्षेत्रको तीन वटा स्थानीय तहका विभिन्न ठाउँमा रहेका व्यवसायीलाई समेटर उपसमिति बनाएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष तिम्सिनाले औषधी व्यवसायमा देखिएको विकृती विसंगतीहरूको अत्य गरि मर्यादित व्यवसाय संचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले विराटनगरबाहेक नेपाल औषधी व्यवसायी संघ मोरङको पाँच वटा उपसमिति गठन हुने जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म तीन वटा उपसमिति गठन भइसकेको छ ।

सम्बन्धित खवर