उर्लाबारी २ मा सिङ्गो गाउँ नै काङ्ग्रेसमा प्रवेश

उर्लाबारी २ मा सिङ्गो गाउँ नै काङ्ग्रेसमा प्रवेश

उर्लावारी ।
मोरङको उर्लावारी नगरपालिका वडा नम्वर २ मा एउटा सिङगो गाउ नै नेपाली काङग्रेसमा प्रवेश गरेको छ ।
उर्लावारी २ को देविझोडा ॅख’ का ३५ घरधुरीका ५० भन्दा वढी व्याक्तिहरु नेपाल कमन्युष्टि पार्टी नेकपा तथा अन्य पार्टी परित्याग गरि नेपाली काङग्रेसमा प्रवेश गरेका हु्न ।
नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि राजन कुमार कडेलको नेतृत्वमा भएको कार्यक्रममा सिङगो गाउ नै नेपाली काङग्रेसमा प्रवेश गरेको हो ।
नेपाली काग्रेसको सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टी प्रवेश गरेका हरुलाई कार्यक्रमका प्रमुख अथिती नेपाली काग्रेसका क्षेत्रिय सभापति तथा उर्लावारीका मेयर खड्ग बहादुर फागो, वडाध्यक्ष राजन कुमार कडेल तथा वडा सभापति रुद्र बराल लगाएतले स्वागत गरेका थिए ।


स्थानिय निर्वाचन ताका सो गाउमा नेकपा बाहेक अन्य राजनैतिक पार्टीका उमेरद्वारहरु गाउमा भोट माग्न जाने हिम्मत राख्दैनथे ।
तर नेकपाको झुटो आश्वसनले आजित भएपछि सिङगो गाउ नै नेपाली काग्रेसमा प्रवेश गरेको नव प्रवेशी अनिल आर्चायले बताए ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै क्षेत्रिय सभापति फागोले स्थानियको समस्या र आवश्यत्तालाई परिपुर्ती गर्न नेपाली काग्रेस सधै साथै रहने बताए


साथै फागोले देविझोडा उर्वर भुमि भएका कारण कृषि क्षेत्रको विकाश र अधुनिकीकरणमा स्थानिय सरकारले गर्ने पर्ने सवै खाले सहयोग गर्न पनि तयार रहेको बताए ।

सम्बन्धित खवर