जन्मदिनमा वृक्षारोपण अभियानः मुख्यमन्त्री गुरुङद्वारा निवास परिसरमा वृक्षारोपण

जन्मदिनमा वृक्षारोपण अभियानः मुख्यमन्त्री गुरुङद्वारा निवास परिसरमा वृक्षारोपण

पोखरा : आफ्नो जन्मदिनको अवसर पारेर विस्व वातावरण जोगाऊ भन्ने अभियान अन्र्तगत अहिले विश्वभरी वृक्षारोपण अभियान चलिरहेको छ । लमजुङ्ग जिल्लाका केही अभियन्ताहरुले सुरु गरेको यो अभियानमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो जन्म दिनको अवसरमा वृक्षारोपण गरेका छन् ।

विगतका वर्षमा जस्तै यो वर्षको जन्मदिनमा पनि मुख्यमन्त्रीले आफ्नो जन्मदिनमा निवास परिसरमा वृक्षारोपण गरेका छन् । सो अवसरमा प्रकृतिको संरक्षण गर्न वातावरण स्वच्छता कायम गर्न, असल र सभ्य संस्कारको विकास गर्दै सभ्य समाज र सभ्य मुलुक निर्माण अभियान साथै सरकारले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई अगाडी बढाउन पनि अभियानले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

अभियान्ताहरुलाई सम्बोधन गर्दै गुरुङले अभियान समय सान्दर्भिक रहेको उल्लेख गरे । जन्म दिनमा वृक्षारोपण अभियानलाई आफ्नो व्यक्तिगत तर्फबाट र प्रदेश सरकारको तर्फबाट भरपुर साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता व्यक्त गरे । २०७५ मंसिर २९ गते लमजुङको बेसीशहरबाट सुभारम्भ भएको जन्मदिनमा वृक्षारोपण अभियान अहिले देशका विभिन्न जिल्लाहरुमा र विदेशमा रहेका नेपालीहरुले समेत सहभागीता जनाएका छन् र अभियानलाई विश्वब्यापी बनाउने उदेश्य छ ।

अभियानका संस्थापक अध्यक्ष वासुदेव सेढाईले जन्म दिनको अवसरमा मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै अभियानका गतिविधिबारे जानकारी गराए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडी, प्रेस संगठनका केन्द्रिय सदस्य गणेश पाण्डे, सामाजिक न्याय अभियानका अभियान्ता एवम् अधिवक्ता सुदर्शन जोशी लगायत अभियान्ताहरुको उल्लेख्य उपस्थिती थियो ।

सम्बन्धित खवर