मादी गाउँपालिका केन्द्र संविधानसम्मत हुनुपर्छ : गगन थापा

मादी गाउँपालिका केन्द्र संविधानसम्मत हुनुपर्छ : गगन थापा

पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले मादी गाउँपालिकाको केन्द्र संवैधानिक रूपमा समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल शिक्षक संघ मादी गाउँपालिकाको शिक्षण सेवा निवृत्ति र उपदान बसेका शिक्षक सम्मान कार्यक्रममा बोल्दै नेता थापाले मादी गाउँपालिकाको केन्द्र वा नाम परिवर्तन गर्ने सवालमा संविधान अनुसार नै गाउँपालिकाले टुंग्याउनुपर्ने बताएका हुन् ।

उनले आफू सबैखालको असंवैधानिक कदमका बिरुद्ध उभिएको पात्र भएका कारण पनि यो असंवैधानिक कदम खारेज हुनुपर्नेमा आफ्नो एक्यवद्धता रहेको बताए ।

यसैगरी पूर्व कानुनमन्त्री एवम् नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मादी केन्द्र हेरफेरको बिषयमा आफू कानुन मन्त्रीको रूपमा नभई कानुनको विद्यार्थीले समेत गाउँपालिकाको यो कदम असंवैधानिक भन्ने जिकिर गरे । यो बिषय अहिले अदालतमा बिचाराधिन भएकाले यस बिषयमा आफुले थप टिप्पणी नगर्ने समेत बताए ।

यस्तै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले बिधि र प्रक्रिया बिपरित केन्द्र सार्ने बिषयमा काङ्ग्रेस सहमत हुन नसक्ने बताए। केन्द्रको विषय टुंग्याउन गाउँपालिकाले विधि र प्रक्रिया मार्फत वा बृहत राजनीतिक सहमति मार्फत टुंग्याउनु पर्ने बताउँदै अन्यथा अब अदालतले टुंग्याउने बताए ।

नेपाल शिक्षक संघ मादी गाउँपालिका अध्यक्ष बसन्तराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव चिरिन्जिवी अधिकारीले संचालन गरेका थिए ।

सम्बन्धित खवर