घटनाक्रमले बाबुरामजी र मलाई फेरि एकै ठाउँमा आउन प्रेरित गर्‍यो : प्रचण्ड

घटनाक्रमले बाबुरामजी र मलाई फेरि एकै ठाउँमा आउन प्रेरित गर्‍यो : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला घटनाक्रमले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र आफूलाई फेरि एकै ठाउँमा आउन प्रेरित गरिरहेको बताएका छन्।

डा. भट्टराईद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरूको कथा’ लोकार्पण समारोहमा सहभागी हुँदै प्रचण्डले शनिबार यस्तो बताएका हुन्‌। पुस्तक विमोचनलाई आफूले सामान्य प्राविधिक घटनाको रूपमा मात्रै नलिएको प्रचण्डले बताए।

‘यस घटनाले हामीलाई (डा.भट्टराई र मलाई) इतिहासको गम्भीर आत्मसमीक्षा गर्ने दिशातर्फ दोहोर्‍याएको छ,’ प्रचण्डले भने, ‘आजको कार्यक्रमले अग्रगमन र सकरात्मक परिवर्तनको लागि फेरि एकपटक मोर्चा कसेर अघि बढ्ने संकल्प गरेजस्तो ठानेको छु।’

शनिबार प्रचण्डले डा. भट्टराईसहित बारबर्दिया नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ‘जीवनगाथा’ पुस्तक र गंगा कार्की ‘विश्व’को ‘दुसाध्य जनयुद्ध’ सहित ३ वटा पुस्तक विमोचन गरेका थिए।

सम्बन्धित खवर