लेखनाथ : लायन्स क्लब अफ लेखनाथ सिमसारले खुुला रक्तदान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । रक्तदान जिवन दान, जिवन दान महादान भन्ने पवित्र उद्धेश्यलाई आत्मसाथ गरी क्लबको वार्षिक कार्यक्रम अन्तरगत रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष शान्ति खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रक्तदान कार्यक्रमका विभागिय प्रमुुख वालकृष्ण शर्माले अहिलेको विषम परिस्थितिमा सिमसार क्लबले मानविय सेवाका लागि खुुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेकोमा खुुशी व्यक्त गर्दै मानविय सेवाका लागि गरिएको रक्तदान नै धर्म भएको बताउँनुु भयो ।
हामी सेवा गर्छौ भन्ने पवित्र उद्धेशय राखी स्थापना गरिएको क्लबको कार्यक्रममा विभागिय प्रमुुख एवम् क्लबका संस्थापक अध्यक्ष बसुुधा भट्टराइले पहिलो रक्तदाता पुुजा अतिवडालार्य व्लड व्याग हस्तान्तरण गर्दै जस्तो सुुकै परिस्थितिमा पनि जहाँ आवश्यकता त्यहाँ लायन्स पुुगेको बताउनुु भयाे ।
यसै गरी सोही कार्यक्रममा पि आर ओ ऋषिराम रानाभाट, जोन चियर पर्सन भक्त बहादुुर केसी, बेगनासताल महिला समुुहकी अध्यक्ष दुुर्गा अधिकारी, बेगनासताल टोल विकास संस्थाका अध्यक्ष भानुुभक्त पौडेल लगाएतले देशमा आइपर्ने विभिन्न किसिमका विषम परिस्थितिमा पनि लायन्स क्लब अफ सिमसारले गरेको सामाजिक एवम् मानविय सेवाका कार्यहरुको प्रशंसा गर्नुु भएको थियो ।
५३ युनिट रगत संकल भएको उक्त कार्यक्रम सन्चालन क्लबका सचिव कल्पना तिवारीले गर्नुु भएको थियो भने क्लबका प्रधम उपाध्यक्ष कल्पना गुुरुङले धन्यवाद ज्ञापन गर्नुु भएको कुुरा क्लबका अध्यक्ष शान्ति खनालले जानकारी दिनुु भयो ।