पूर्व बिद्यार्थीले थाले सामाजिक अभियान

पूर्व बिद्यार्थीले थाले सामाजिक अभियान

बागलुङ : सामुदायिक बिद्यालयमा पढ्नेको पूर्व बिद्यार्थी समाज गठन गर्ने पुरानै चलन हो । तर बागलुङको गलकोटमा संस्थागत बिद्यालयमा पनि पूर्व बिद्यार्थी समाज गठन गरेर गाउँमा लगानी भित्राउने काम शुरु भएको छ ।

गलकोटको न्यु लाइफ बोर्डिङले पूर्व बिद्यार्थी समाज मार्फत बिद्यालय, समाज र जिल्लाकै लागि लगानी भित्राउने र विभिन्न सामाजिक गतिविधि संचालन गर्ने योजना सार्वजनिक गरेको हो । जिल्लाकै पुरानो यो बिद्यालयमा २०४१ सालमा अध्ययन गरेका बिद्यार्थी भेला भएर समाज गठन गरेका हुन् ।उनीहरु मध्ये अधिकांस बिदेशमा छन् । त्यहाँबाट उनीहरुले आर्थिक संकलन अभियान र समाजमा बिकास र सेवाामा लगानी गर्ने योजना बनाएको समाजका सचिव फमबहादुर खत्रीले बताए ।

उनीहरुले पहिलो चरणमा छात्रवृत्ती, स्वास्थ्य सामाग्री सहयोग र खेलक्षेत्रमा लगानी गर्ने बताए । गलकोट क्षेत्रमा खेलकुँदका गतिविधि पनि बढी हुन्छन् । त्यसबाट उत्कृष्ठ खेलाडी छनौट तथा उत्पादनमा लगानी गर्ने अध्यक्ष चित्रसिंह बुढाथोकी मगरले बताए । ‘हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीको काम थालिसकेका छौं’ उनले भने, ‘पहिलो चरणमा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति दिएका छौं भने गलकोटका सबै वडामा स्वास्थ्य सामाग्री सहयोग गरेका छौं ।’ ११ वटै वडामा उनीहरुले कोरोना भाइरस बिरुद्ध लड्ने तथा अन्य आकस्मिक स्वास्थ्य सामाग्री सहयोग गरेको बताए । १ लाख ५० हजारको स्वास्थ्य सामाग्री दिइएको बुढाथोकीले जानकारी दिए । हाल यो बिद्यालयका पूर्व बिद्यार्थीहरु अमेरिका, युरोप, जापान र अष्ट्रेलिया तथा भारत र नेपालका बिभिन्न क्षेत्रमा काम र व्यवसाय गरेका हरु छन् ।

अभियानको थालनी गर्दैै गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले सामाजिक सेवा मार्फत विश्वको कुनाकुनामा बस्नेले गाउँ र जिल्ला चिनाउने काम गरेको बताइन् । उनले विश्वभर छरिएर रोजगार गरेपनि गाउँ र जिल्ला बिर्सन नसकेकाको साथ र सहयोगबाटै धेरै बिकास निर्माण समेत संभव भएको बताइन् । गलकोटबाट विभिन्न देशमा गएर बसेका प्रवासीकै सहयोगबाट गत भदौमा गएको पहिरो पीडितलाईपनि २५ लाख भन्दा बढी रकम र अन्य सामाग्री सहयोग भएको थियो ।

सम्बन्धित खवर