पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाको पोल्टामा

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाको पोल्टामा

पाेखरा : पोखरा अन्र्तराष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि आर्मीका रोकायाले जितेका हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पार गर्दै उपाधि जिते । बिजेता रोकायाले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा आर्मीकै ज्ञानप्रसाद भट्टराई दोश्रो भए । उनले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख पुरस्कार जिते भने आर्मीकै देबीराज बस्नेतले २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान प्राप्त गर्दै नगद ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २ घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरेका पाँचथरका प्रदीप ताम्साहाङले सान्त्वना स्थान प्राप्त गर्दै २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

यस वर्ष पहिलो पटक आयोजना गरिएको महिलातर्फको २१ किमी हाफ म्याराथनको नेपाल प्रहरीका राजपुरा पछाईले जितिन् । निर्धारित २१ किलोमटरको दूरी १ घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरेकी उनले नगद एक लाखसहित ट्रफी पुुरस्कार प्राप्त गरिन् । सो इस्पर्धामा जुम्लाका राममाया बुढाले १ घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी द्वितीय स्थान हासिल गर्दै नगद ७५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सशस्त्र प्रहरी बलका ब्रिन्दा श्रेष्ठले १ घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गर्दै नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
१ घण्टा ३६ मिनेट दुई सेकेण्डमा दुरी पार गरेकी नेपाल प्रहरीकी रेखा विष्टले सान्त्वना स्थान प्राप्त गर्दै नगद १५ हजारसहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजारका विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन गरिएको थियो । प्रतियोगितामा कुल २०९ जना सहभागि भए भने महिलाको हाफ म्याराथनमा २९ जनाले सहभागिता जनाएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश र पोखरालाई खेल पर्यटनको राजधानी बनाउनका लागि विभिन्न सङ्घ संस्थाले गर्ने प्रतियोगिताले मद्धत पुगेको बताए । उनले प्रदेश सरकार खेलकूदको विकासमा प्रतिवद्ध रहेको दोहो¥याए ।

मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदमार्फत विश्वभर चिनाउनका लागि कोरोना कहरबाट सिर्जित चूनौतीपूर्ण अवस्थामा पनि म्याराथनलाई निरन्तरता दिइएको स्पष्ट पारे । तर कोरोनाको जोखिमलाई मध्यनजर गरेर रन फर फन भने यसपटक नगरिएको उनले प्रष्ट्याए ।

विगतका संस्करणमा म्याराथन सहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य इभेन्टहरुलाई फरक फरक मितिमा आयोजना गरिएको मञ्चले जनाएको छ । जस अन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ । १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ ।

दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्धितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । ह्लिचियर र दृृष्टिविहिनतर्फका दुबै इभेन्टमा विजेताले रु सात हजार, द्धितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् ।

यसैगरी छात्र÷छात्रा दौडमा प्रथमले रु १० हजार द्धितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर