प्रधानमन्त्री ओलीको साथमा उभियो लुम्बिनी प्रदेश (फोटो फिचर)

प्रधानमन्त्री ओलीको साथमा उभियो लुम्बिनी प्रदेश (फोटो फिचर)

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लुम्बिनी प्रदेश उभिएको छ । नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा निक्कै ठुलो संख्यामा स्थानीयले साथ दिएका छन् ।

बुटवल–७ दीपनगरस्थित सिद्देश्वर माविको खेल मैदानमा भईरहेको वृहत जनसभामा मुल जुलुस नआइपुग्दै खचाखच भरिएको छ । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

आन्दोलनका लागि सधै साथ दिएको बुटवलले यसपटक ओलीको पक्षमा उत्रिएको छ । सभामा २ लाख बढि मानिस आउने यसअघि नै मुख्यमन्त्री पोखरेलले घोषणा गर्नुभएको थियो ।

सम्बन्धित खवर