बलात्कारको घटनाका दोषीलाई कडा कार्वाही गर्न माग

बलात्कारको घटनाका दोषीलाई कडा कार्वाही गर्न माग

विराटनगर : विराट राजवंशी समुदायका दुई संस्थाले मोरङ जहदा–१ मा सोमबार राति भएको बालिका बलात्कारको घटनाका दोषीलाई कडा कार्वाही गर्न माग गरेको छ ।

बिहीबार विराटनगर–१२ स्थित विराट राजवंशी सांस्कृतिक पुस्तकालय एवम् विराट राजवंशी वुद्धिजीवी परिषदले एक विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल नियन्त्रण लिई कार्वाही गर्न एवम् पीडितलाई उचित क्षतिपूर्ति दिन माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ–‘बलात्कार भएको चार दिन भैसक्दा पनि प्रहरी प्रशासनले दोषीलाई पक्राउ नगर्नाले दोषी उम्काउने प्रयास हो भनेर हामीलाई आशंका भएको छ । बलात्कार गरी मार्नेसमेत प्रयास गरिएको यस्तो जघन्य अपराधमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कार्वाही गर्नुपर्नेमा कुनै कदम नचलाउनाले हामी सम्पूर्ण विराट राजवंशी समुदाय मर्माहत भएका छौं ।बालिकामाथि भएको यो सामूहिक बलात्कारको घटनाको जति भत्र्सना गरेपनि कम हुन्छ ।’

सम्बन्धित खवर