घरबेटिकी छाेरिलाई जबरजस्ती करणी गराउने महिला र पुरुष पक्राउ

घरबेटिकी छाेरिलाई जबरजस्ती करणी गराउने महिला र पुरुष पक्राउ

राजेन्द्र महताे, लहान
धनुषामा एक महिलाले आफ्नै घरबेटिकी छाेरिलाई जबरजस्ती करणी गराएकाे भन्दै प्रहरीले ती महिला र करणी गर्ने पुरुषलाई पक्राउ गरेकाे छ ।

धनुषा जिल्लाको लक्ष्मिनीयाँ गाउँपालिका स्थित डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरमालिककाे १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभनमा पारी पटक पटक करणी गराएकाे खुलेकाे हाे ।  खातुनले शम्भु भन्ने ओम नारायण यादवलाई आफ्नै कोठामा बोलाई पटक पटक जवरजस्ती करणी गराएको र सोही क्रममा बालिका गर्भवति भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

प्रहरीलाई दिएको बयान अनुसार खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकोमा असार महिना देखि कार्तिक महिनासम्म यादवसंग पैसा लिएर जवरजस्ती करणी गराएका थिए र सोही क्रममा बालिका गर्भवति भएकी छिन् ।
आज शुक्रवार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा दुवैजनालाई सार्वजनिक गरिएको छ । बालिका गर्भवति भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए ।

दुबैजनालाई विहिबार लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए । गर्भवति भएकी बालिकाको गर्भ के गर्ने भन्ने विषयमा परिवारले अझैसम्म निर्णय दिइनसकेकाे मिश्रले बताए ।

सम्बन्धित खवर