मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनताले बिर्सिसकेका छैनन् : देवी ज्ञवाली

मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनताले बिर्सिसकेका छैनन् : देवी ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रचण्डले मतपत्र च्यातेर छोरी जिताएको जितवनका जनताले बिर्सिनसकेको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको आयोजनामा माडीमा भएको अगुवा कार्यकर्ता भेलामा प्रचण्डको राजनीतिक पृष्ठभूमिबारे नेता ज्ञावलीले यस्तो बताउनुभएको हो । नेकपाका केन्द्रीय सदस्य ज्ञवालीले पद र स्वार्थका लागि प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर गएको बताउँदै उनले मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनता नबिर्सिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले जनमुखी काम गरेर लोकप्रिय हुँदै गएपछि आफूहरु पछाडि पर्ने डरले अतालिएका माधव–प्रचण्ड पार्टी भित्रको राजनीतिक सहमति तोडेर भागेको ज्ञवालीले बताउनुभयो । देश समृद्धि र विकासको क्रममा अगाडि बढेको बताउँदै उहाँले माडीमा नेपाल सरकारद्वारा थुप्रै विकासका कामहरु भइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीको राष्ट्रभक्ति र देश विकासको अभियानलाई माडीबासीले साथ दिने समेत विश्वास व्यक्त गर्नुभयो।

नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो । उहाँले आयोगले भूमिहिन र सुकुमबासीको समस्या समाधानका लागि तीव्रताका साथ काम अगाडि बढाएको बताउनुभयो ।

सम्बन्धित खवर