झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पार्यो : पौडेल

झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पार्यो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्डनेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाउनुभएको छ ।

बिहीबार नेकपाकी नेतृ झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि वरिष्ठ नेता पौडेलले सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाउनुभएको हो । उहाँले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेर झाँक्रीलाई पक्राउ गरिएको पनि बताउनुभयो ।

‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन, ‘ उहाँले भन्नुभएको छ ।

नेता पौडेलले नेतृ झाँक्रीलाई विना सर्त रिहा गर्न पनि माग गर्नुभएको छ । ‘झाँक्रीलाई पक्राउ गरिएको घटनाको म र मेरो पार्टी नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ । साथै झाँक्रीलाई विना सर्त रिहा गर्न पनि माग गर्दछु, ‘ उहाँले भन्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले नेतृ झाँक्रीलाई बिहीबार शंखमुलस्थित निवासबाटै पक्राउ गरेको थियो ।

सम्बन्धित खवर