नेकपा नेतृ रामकुमारी झँक्री पक्राउ

नेकपा नेतृ रामकुमारी झँक्री पक्राउ

नेकपाको दाहाल नेपाल समु्हकी नेतृ रामकुमारी झँक्री पक्राउ परेकी छन् । झँक्रीलाई राज्य बिरुद्धको कसुरमा आज उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

राज्य बिरुद्धको कसुर अन्तर्गत दफा ५८ को आधारमा पक्राउ पुर्जी जारी गर्दै झाँक्रीलाई पक्राउ गरिएको हो । पक्राउ गर्नुअघि झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको थियो तर झाँक्री जान नपामानेपछि उनलाई पक्राउ पुर्जी दिएको छ ।

गोरखाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपति माथी नकारात्मक टिपणी गरेको भन्दै ओली समुहको अखिल नेपाल महिला संघले झाँक्रीलाई कार्वाही गर्नुपर्ने माग गरेको थियो । अनेमसंघले दिएको उजुरीका आधारमा नै झाँक्रीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।

पक्राउ पर्नुअघि झाँक्री निवासमा नेकपा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो । उनिहरुले झाँक्रीलाई पक्राउ गर्नुपर्ने आधार नरहेको भन्दै चर्को नारावाजी गरेका थिए ।

सम्बन्धित खवर