७७ वर्ष माथिका २५ जना ज्येष्ठ नागरिक सम्मानित

७७ वर्ष माथिका २५ जना ज्येष्ठ नागरिक सम्मानित

पथरी, मोरङको पथरी शनिश्चरे ६ नम्बर वडा कार्यालयको सहयोगमा ७७ वर्षमाथिका २५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र वडा समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोला, विशिष्ट अतिथिहरु वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष चेतन खड्का, वडा नं. ६ की वडा सचिव मीनाकुमारी बर्मा, समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल, शिक्षक कमलबहादुर कटुवालका साथै पर्शुराम कटुवाल सहितले ज्येष्ठ नागरिकलाई सम्मान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले ज्येष्ठ नागरिक जिउँदा भगवान भएकाले उहाँहरुको आदर र सम्मानमा नवयुवा पुस्ताले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

वडाको ६५ हजार रुपैयाँको बजेटमा काँसको थाल, पुरुषहरुलाई ढाका टोपी र महिलाहरुलाई दोसल्लामार्फत सम्मानित गरिएको हो । समन्वय समितिका अध्यक्ष डम्बरबहादुर दर्जीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

सम्बन्धित खवर