मोरङको कानेपोखरीमा एक किशोरीलाई नसालु पदार्थ खुवाएर बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
नसालु पदार्थ खुवाएर स्थानिय एक १७ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा कानेपोखरी-२ का २९ वर्षीय प्रेम कुमार चौधरी पक्राउ परेका हुन् ।
घटना गत बिहीबार रातिको हो । कानेपोखरी-२ चिसाङ्ग खोला नजिक किराना पसल सञ्चालन गर्दै आएका चौधरीले सोही खोलामा मजदुरी गर्दै आएकी १७ वर्षीय किशोरीलाई सामान्य चिनजानको आधारमा आफ्नै घरमा बोलाएर रातभर बलात्कार गरेको खुालासा भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काका अनुसार किशोरीको प्रारम्भीक वयान, स्वास्थ्य परिक्षणले बलात्कृत भएको पुष्टि गरेको बताएका छन् ।
चौधरीको घरबाट किशोरीको भित्रि बस्त्रहरु फेला परेको र फोन गरेर चौधरी आफैले ति किशोरीलाई घरमा बोलाएको समेत पुष्टि भएको प्रहरीले जनाएको छ ।
उपचार र स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि किशोरी बलात्कृत भएको पुष्टि गरेका छन् ।
नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय पथरीले जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।
