फेवाबाँध मर्मत कार्य अवलोकन गर्दै सांसद बराल

फेवाबाँध मर्मत कार्य अवलोकन गर्दै सांसद बराल

पोखरा, गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले पोखराको फेवा बाँधको अवलोकन गरेका छन्।

पोखराको पर्यटकीय गन्तव्य फेवातालको पानीको सतह घटेसंगै मंगलबार फेवा बाँधमा पुगेर सांसद बरालले अवालोकन गर्दै गुणस्तरिय ढंगले रवरशिल फेर्नु पर्ने सुझाव दिएका छन्। फेवातालको पानीको सहत घटेको समयमा फेवातालको जग्गा अरुले अधिग्रहण समेत गर्नसक्ने भएकोले जति सक्दो छिटो र प्रभावकारी ढंगले रवरशिल फेर्नुपर्ने सांसद बरालको भनाई छ ।

फेवा बाँधका अपरेटर रेसम आलेले जिर्ण भएको बाँधको बारेमा बताएका थिए । जिर्ण भएको बाँधमा राखिएको रवरशिल पानीले खियाउदै लगेपछि हाल पानी चुहावट भएको उनले जनाए । उक्त बाँध मर्मतको लागि रवरशिल फेर्न हाल दैनिक जसो ३/४ जना कामदार खटिदै आएका छन्।

बाँधको रवरशिल र लन्चिन एप्रोन (शुसन) पानीले खिएका कारण बाँधबाट पानी चुहावट भइरहेको छ । बाँधको करिब ३८ बर्ष पछि पुनः मर्मत गर्न थालिएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख कीरण आचार्यले बताए । उनका अनुसार गत वर्ष कार्यालयले फेवातालको बाँधको अध्ययन अवलोकन सहितको प्रतिवेदन तयार गरी तत्काल बाँध मर्मत गर्नु पर्ने भनी गण्डकी प्रदेश सरकारलाई राय पेश गरेको थियो । सोही बमोजिम यस चालु वर्षमा एक करोड रकमबाट मर्मतको काम भइरहेको छ ।

सम्बन्धित खवर