स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा एकको मृत्यु

स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा एकको मृत्यु

मोरङको बेलबारीमा सोमवार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका १ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

स्कुटर चालक बेलवारी ४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर