उदयपुरबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ८ जना पक्राउ

उदयपुरबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ८ जना पक्राउ

उदयपुरको बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित सोमवार दिउँसो ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका ६ जलजलेबाट त्रियुगा नगरपालिका १ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा नगरपालिका १४ का २६ बर्षीय कुमार मगर, त्रियुगा नगरपालिका १३ का २५ बर्षीय सागर चौधरी र सुनसरीका २५ बर्षीय अभिसेक जैसवाललाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले डाइजेपाम १९ एम्पुल, फेनारागन १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ । यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका १२ बाट स्थानीय १५ बर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै उदयपुरकै कटारी नगरपालिका ८ बाट ठुलो परिणामको गाँजा सहित तिन जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसंगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका ३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सम्बन्धित खवर