प्रदेश १ को प्रदेशसभा बैठक विषयसूचीमा प्रवेश नगरी स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक विषयसूचीमा प्रवेश नगरी स्थगित

विराटनगर : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक विषयसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । सत्तारुढ नेकपाको दुई समूहको टकरावले बैठक बसेको तेस्रो मिनेटमै स्थगित भएको हो ।

बैठकको कार्यसूचीमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल गर्ने रहेको थियो । तर, सरकार पक्षका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

राईविरुद्ध सत्तारुढ नेकपाकै प्रचण्ड(माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको हो । उक्त समूहले नयाँ मुख्यमन्त्री भीम आचार्यलाई प्रस्ताव गरेको छ ।

बैठक अब फागुन ९ गते बस्नेछ । प्रदेशसभामा ओली पक्षका संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दलका नेताले कारबाही गरेका १७ सांसदलाई बैठक कक्षमा प्रवेश दिएको भन्दै आपत्ति जनाएपछि बैठक स्थगित भएको हो ।

सम्बन्धित खवर