इटहरी ६ पकलीमा रहेको रामजानकी वृद्धाआश्रमलाई सहयोग

इटहरी ६ पकलीमा रहेको रामजानकी वृद्धाआश्रमलाई सहयोग

पथरी, इटहरी ६ पकलीमा रहेको रामजानकी वृद्धाआश्रमलाई सहयोग जुटेको छ ।

मेची–महाकाली हामी सबै नेपाली, सेवा नै धर्म हो नामक संस्थाले वाटर डिस्पोजर, ४ बोरा चामल, एक बोरा आलु, १० केजी दाल, एक कार्टुन तेल र त्यहाँ भएका वृद्ध वृद्धाहरुलाई दोसल्ला, चप्पल, विस्कुट, फ्रुटी लगायतका सामान सहयोग गरेको हो । यस्तै हाम्रो परिवार राम्रो परिवारका तर्फबाट पनि सोलार बत्ती र नुहाउने तातो पानीका लागि गिजर उपलब्ध गराएको सदस्य गोविन्द कार्कीले जानकारी दिनुभयो ।

जाडो समयमा समस्यामा परेका आश्रममा रहेका वृद्ध वृद्धालाई सबै मिलेर सहयोग गरेको कार्कीले बताउनुभयो । सहयोग हस्तान्तरणका लागि मोरङ पथरी शनिश्चरे ६ मा रहेको शिव पाञ्चायन मन्दिरकी जग्गा दाता मिना देवी चापागाँई, मन्दिर व्यवस्थापन समितिका पदाधीकारीहरुको टोली पुगेको कार्कीले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर