मोरङमा बन्दको प्रभाव सामान्य, अधिकांश पसलहरु खुल्लै

मोरङमा बन्दको प्रभाव सामान्य, अधिकांश पसलहरु खुल्लै

मोरङ, दाहाल नेपाल समुहले गरेको बन्दको प्रभाव मोरङमा सामान्य मात्रै देखिएको छ ।

देशैभर आमहड्तालको आवहान गरिएपनि यसको प्रभाव सवारी साधनमा मात्रै परेको पाइएको हो । मोरङको बिराटनगर, रंगेली, बिराटचौक, बेलबारी, पथरी, उर्लाबारी लगायतका मुख्य बजारहरुमा बन्दको प्रभाव सामान्य देखिएको हो ।

बिहानै देखि बन्द गराउनका लागि रोडमा निस्किएका सो समुहका नेता तथा कार्यकर्ताले लामो तथा छोटो दुरीका सवारी साधन मात्रै बन्द गराउन सफल भएका हुन् । बिराटनगरको मुख्य चोकका पसलहरु भने बन्द रहेका छन् । बिराटनगर बाहिरका सबै सहरहरुका बजार भने खुल्ला रहेका छन् ।

बिराटनगरमा प्रहरीले बन्द गराउन सडकमा निस्किएकाहरुलाई धरपकट समेत गरेको छ । यसैक्रममा नेपाल दाहाल समुहका एक जनप्रतिनिधि प्रहरी माथी नै जाइलागेका छन् । बिराटनगर वडा नं. ६ का वडा अध्यक्ष बिजय कामतले प्रहरीलाई नै हातपात गरेका हुन् । बन्द कार्यान्वयन गराउन सडकमा निस्किएका कामत प्रहरीमाथी जाइलाकेका हुन् ।

सडक जाम गराउनका लागि टायर बाल्ने र सडक जाम गराउने तयारी गरिएपनि मोटरसाइकल, अटो रिक्सा लगायतका साधनहरु भने निर्वाध रुपमा चलिरहेका छन् । बन्दको प्रभाव वढिमात्रामा शिक्षा क्षेत्रमा देखिएको छ । मोरङका संस्थागत र सामुदायिक सबैजसो विद्यालयहरु आज बन्द रहेका छन् ।

सम्बन्धित खवर