बन्द हडताल नगर्न गृह मन्त्रालयको आग्रह, दाहाल नेपाल समुह बिहानै देखी सडकमा

बन्द हडताल नगर्न गृह मन्त्रालयको आग्रह, दाहाल नेपाल समुह बिहानै देखी सडकमा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को नामबाट विविध विषयहरू उठाई हिजो साँझ मसाल जुलुस र आज २०७७।१०।२२ गते देशव्यापी आम हडताल आव्हान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको संविधान तथा प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न र संविधान प्रदत्त हकको निर्बाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्बद्ध पक्षसँग आग्रह समेत गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

यता दाहाल नेपाल समुहका नेता कार्यकर्ता बिहानै देखी सडकमा छन् । देशभर आमहड्तालको घोषणा गरेको सो समुहले काठामाडौँमा बिहानै एउटा ट्याक्सीमा आगजनी समेत गरेका छन् । बाक्लो मात्रामा प्रहरी परिचालन गरेर गृह मन्त्रालयले नेता अष्टलक्ष्मी शाक्य लगायताका आधा दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

सम्बन्धित खवर