बन्द गराउन निस्केका दाहाल नेपाल समुहका कार्यकर्ता पक्राउ

बन्द गराउन निस्केका दाहाल नेपाल समुहका कार्यकर्ता पक्राउ

काठमाडौं, बन्द गराउन बिहानै सडकमा निस्केका दाहाल नेपाल समुहका कार्यकर्ता पक्राउ पर्न थालेका छन् ।

काठमाडौं उपत्यकामा बिहानै प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ । कलंकीबाट नेता शाक्यलाई पक्राउ गरिएको हो । आज देशव्यापी रुपमा आमहड्ताल घोषणा गरेको सो समुहका आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले काठमाण्डौँबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका थिए ।

सम्बन्धित खवर