सिरहामा कडा सुरक्षा घेराबीच पनि प्रधानमन्त्री ओली सहितका मन्त्रीलाई देखाइयो कालो झण्डा

सिरहामा कडा सुरक्षा घेराबीच पनि प्रधानमन्त्री ओली सहितका मन्त्रीलाई देखाइयो कालो झण्डा

राजेन्द्र महतो, लहान

सिरहामा कडा सुरक्षा बिच आएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइएको छ ।

सिरहामा तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आएका प्रधानमन्त्री ओलीलाई युवा तथा विद्यार्थीहरुले सोमबार कालो झण्डा देखाएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलि लगायत मन्त्रीहरूलाई अनेरास्ववियु र युवा संघ सिरहाका विद्यार्थी युवा नेताहरूले नै सिरहा बजारमा कालो झण्डा देखाइएका हुन् ।

स्व. यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य पुजन सिंह, सिरहा जिल्ला संयोजक भोला यादव, अरबिन्द यादब, सुरेश यादब, युवा संघका राजेश यादब, आशानन्द यादब लगयातका युवा तथा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको बताइएको छ।

सिरहा सदरमुकाममा आयोजना गरिएको कार्यक्रम स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठूलो संख्यामा परिचालन गरिएको थियो । कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि सिरहा प्रशासनले कार्यक्रम स्थल, आसपास क्षेत्र तथा सिरहा नगरपालिकाको विभिन्न चौक तथा मुख्य सडकहरुमा पनि प्रहरी परिचालन गरेको छ ।

 

सम्बन्धित खवर