गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन सौराहामा सम्पन्न

गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन सौराहामा सम्पन्न

चितवन, चौधरी ग्रुप अन्तर्गत रहेको गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन, सौराहामा सम्पन्न भएको छ ।

विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आप्mनो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।

ग्लोबल नं. २ ब्राण्ड टि.सि.एल र ६३ वर्ष भन्दा पुरानो इतिहास बोकेको गोद्रेज एप्लाईन्सेस को यस क्षेत्रिय सम्मेलनमा आफ्नो व्यापारिक सझेदार बिच कम्पनीले आफ्नो मिसन÷भिजन, रणनीती, विभिन्न चुनौती र अवसरका बारेमा बृहतरुपमा छलफल गरेको छ ।

उक्त सम्मेलनलाई टि.सि.एल. कर्पाेरेशन की डाइरेक्टर अफ एशियन डिस्ट्रिब्युसन् बिजनेस मिस केरोलिनले विगत १५ वर्ष देखिको चौधरी ग्रुप सँगको व्यापारिक साझेदारीको बारेमा महत्व दिदै टि.सि.एल.ले अबको आगामी वर्षहरुमा थप स्मार्ट र हेल्दियर प्रोडक्टहरुमा फोकस रहने भन्ने बारेमा जानकारी दिनुभयो । साथै गोद्रेज एप्लाईन्सेस इन्डियाका एक्सपोर्ट हेड मिस्टर सलाम सिंङ्गले गोद्रेजका नयाँ इनोभेटिभ प्रोडक्टहरु बजारमा ल्याउने तथा, एक्सक्लुुसिभ शोरुम नेपालमा बनाउने, २०२२ सम्ममा गोद्रेजलाई नेपालको नं.२ ब्राण्ड बनाउने भनेर सम्बोधन गर्दै प्रकाश पार्नु भएको छ ।

चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर मिस्टर निर्भाना चौधरीले पनि सम्पूर्ण व्यापारिक साझेदारहरुलाई विगत वर्षमा रहेको चुनौती पूर्ण व्यापारिक वातावरणमा पनि साथ, सहयोग दिएर व्यापारलाई अझ माथी पु¥याउन साहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन दिनुभयो, उक्त चुनौतीबाट अवसर पनि सृजना भएको र आउने दिनहरुमा यसरी नै क्षेत्रिय स्तरमा, व्यापारलाई अझ बढाएर एकिकृत उपलब्धी गर्ने र आउने वर्षमा व्यापारलाई दोब्बर गर्ने विश्वास र प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गोद्रेज तथा टिसिएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्र्तगत इ.ओ.एल. प्रा.ली रहेको छ ।

सम्बन्धित खवर