नेकपा ओली समूहको ओखलढुंगामा समानान्तर स्थानीय कमिटी गठन

नेकपा ओली समूहको ओखलढुंगामा समानान्तर स्थानीय कमिटी गठन

ओखलढुंगा : नेकपा ओली समूहले ओखलढुंगामा समानान्तर स्थानीय कमिटी गठनको तयारी गरेको छ। पौष १९ मा भएको जिल्लास्तरीय कार्यकर्ता भेलासँगै जिल्ला कमिटी गठनपश्चात जिल्लाका स्थानीय तहमा पनि समानान्तर कमिटी बनाउन लागिपरेको छ।

संसद् विघटनपछि फरक पार्टीको अभ्यास गर्दै आएको नेकपाको ओली गुटले जिल्ला कमिटी घोषणा गरेको केही समयपछि सुनकोसी, मोलुङ र मानेभञ्ज्याङ गाउँपालिका गरी चार स्थानीय तहमा समेत कमिटी घोषणा गरेको छ।

चार वटा स्थानीयतहमा हाल अध्यक्ष सचिव घोषणा गरिएको छ । मानेभञज्याङमा अध्यक्ष उमेश कार्की र सचिवमा नवराज अधिकारी, मोलुङमा अध्यक्षमा सञ्जय खत्री र सचिवमा भोला पोखरेल छन्।

त्यस्तै सुनकोसीमा हितराज कार्की अध्यक्ष र रमेश खड्का सचिव छन् भने चम्पादेवीमा खेम मिश्र अध्यक्ष र नरबहादुर घिमिरे सचिव रहेको पालिका कमिटी घोषणा भएको छ।

निर्वाचन आयोगले पुस ५ गतेदेखि यताका सबै निर्णय अवैधानिक भनेर खारेज गरिसकेको भए पनि पूर्वएमालेका ओली समूहमा लागेका कार्यकर्ता समेटेर पार्टी कमिटी घोषणा भइरहेका छन्।

यसरी समानन्तर कमीटी गठन भएपछि पार्टी विभाजनको औपचारिकता नभए पनि पार्टी फुटको सँघारमा रहेको आफूहरुले बुझेको नेता कार्यकर्ताहरु बताउँछन्।

सम्बन्धित खवर