रामकुमारी झाँक्रीलाई राष्ट्रपतिपुत्रीले दिइन काउन्टर

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिपुत्रीले दिइन काउन्टर

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति दुःख व्यक्त गरेकी छिन् । नेतृ झाँक्रीलाई फेसबुकमा स्टाटसमार्फत प्रश्न गर्दैै उनले भनेकी छिन्, ‘गल्ती सेतो सारीमा होइन गल्ती तपाईंको दृष्टिकोणको हो ।’

उषाकिरणले झाँक्रीलाई आफ्नो आमाको रातो सारी, आफूहरुको बाल्यकाल र आफ्ना बुवा मदन भण्डारीलाई फिर्ता ल्याइदिन चुनौती दिएकी छिन् । ‘तपाईं उहाँको सिन्दुर पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो के नाफा भएको छ जस्तो लाग्छ, लिएर जानुस्,’ उनले लेखेकी छिन्।

झाँक्रीले १६ माघमा गोरखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारीको हत्यापछि सेतो सारी लगाएर विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु नै गल्ती भएको बताएकी थिइन् । उनले बडामहारानीको संज्ञा दिँदै राष्ट्रपति निवास छोडेर बालकोट जान र हिम्मत भए रेखा लम्सालसँग चुनाव लड्न चुनौती दिएकी थिइन् ।

उनले आफ्नी आमालाई चुनाव लगाउनुमा नभएर त्यतिबेला शीर्ष नेताले गरेको व्यवहार र बोलीमा भएको पनि बताएकी छिन् । झाँक्रीलाई उषाकिरणले प्रश्न गर्दै भनेकी छिन्,‘ गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो । अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ– सोध्नुहोस् गएर ।’

सम्बन्धित खवर