लियोनल मेस्सीले पुरा गरे बार्सिलोनाबाट ६५० गोल

लियोनल मेस्सीले पुरा गरे बार्सिलोनाबाट ६५० गोल

लियोनल मेस्सीले बार्सिलोनाबाट ६५० गोल गरेका छन् ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा मेस्सीले गोल गरेसँगै बार्सिलोनाबाट उनको गोल संख्या ६५० पुगेको हो ।

बार्सिलोनाले गएराति भएको खेलमा एट्लेटिको बिल्वाओलाई २–१ गोल अन्तरले हराएको थियो । लियोनल मेस्सीले खेलको २० औँ मिनेटमा तथा एन्टोनी ग्रिजम्यानले ७४ औँ मिनेटमा गोल गरे ।

ला लिगाका अरु खेलमा भ्यालेन्सियाले एल्चेलाई १–० गोल अन्तरले हरायो भने भिल्लारियल र रियल सोसिडाडले एक/एकको बराबरी खेले ।

यस्तै, गेटाफे र अल्भास तथा ग्रानडा र सेल्टा भिगोले गोल रहित बराबरी खेलेका छन् ।

सम्बन्धित खवर