प्रदेश १ को प्रदेशसभा बैठक आउँदो माघ २५ का लागि आह्वान

प्रदेश १ को प्रदेशसभा बैठक आउँदो माघ २५ का लागि आह्वान

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिनुभयो।

प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट सुरु भएको थियो । तर, त्यसदिन नेकपाको विवादका कारण तीन मिनेट बैठक बसेर सकिएको थियो । र, अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको प्रचण्ड(नेपाल समूहले अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । अविश्वासको प्रस्ताव संसदमा छलफलमा लैजाने विषयमा भने सहमति जुटेको छैन । यहीबीचमा मुख्यमन्त्री राईको विवाह भएकाले पनि बैठक लामो समय स्थगित भएको हो ।

सम्बन्धित खवर