सीमा नाका नखोलिएको भन्दै सीमा क्षेत्रमा प्रदर्शन

सीमा नाका नखोलिएको भन्दै सीमा क्षेत्रमा प्रदर्शन

विराटनगर : सरकारले नेपाल–भारत आउ जाउ गर्न सीमा नाका खोल्ने निर्णय गरेपनि कार्यान्वयन नगरेको भन्दै विराटनगरको सीमा क्षेत्रमा प्रदर्शन गरेका छन् । सरकारले विराटनगरको रानीसहित देशभरका ३० वटा सीमा खोल्ने निर्णय गरेपनि कार्यान्वयन नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

युथ युनिटी अफ नेपालको अगुवाईमा स्थानीयले रानी नाका अहिले सम्म पनि नखोलिएको भन्दै तत्काल आवत जावत सहज बनाउन माग गरेका छन् । युनिटी अफ नेपालले केही महिना अघि पनि व्यवस्थित तरिकाले सीमा नाका खोल्न मांग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो भने चरणवद्ध आन्दोलन समेत गर्दै आएको छ ।

आइतबार पनि उनिहरुले सरकारले शर्तसहित मापदण्ड अनुसार सीमा नाका खुला गर्ने निर्णय गरेपनि विराटनगरमा उक्त निर्णय कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रदर्शन गरे ।

सो अवसरमा संस्थाका अध्यक्ष जफर एलवाल, उपाध्यक्ष हमिद आजाद, कोषाध्यक्ष मोहमद तनवीर, टेम्पु ब्यवसायी एकराज श्रेष्ठ, मजदुर नेता सुदासनद राय लगायतले सरकारले सीमका नाका खोल्ने निर्णय गरिसकेकाले तत्काल कार्यान्वयन गरि नेपाल–भारत आवत जावत सहज बनाउनुपर्ने बताए ।

 

सम्बन्धित खवर